१७ असार २०८३, बुधबार
कांग्रेस महाधिवेशन

कांग्रेस सभापतिको दौडमा रहेका डा. शेखर कोइरालाका ७ संकल्प [प्रतिज्ञापत्रसहित]

मंसिर २६, २०७८
कांग्रेस सभापतिको दौडमा रहेका डा. शेखर कोइरालाका ७ संकल्प [प्रतिज्ञापत्रसहित]

नेपाली कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सात वटा संकल्प सार्वजनिक गरेका छन् । 

‘संविधान कार्यान्वयनको प्रतिबद्धता’, ‘वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना’, ‘क्रियाशील र जिम्मेवार भातृ एवं शुभेच्छुक संगठन’, ‘अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण’लगायतका संकल्प गरेका हुन् । 

त्यस्तै कोइरालाले ‘पारदर्शी निर्णय, जवाफदेही नेतृत्व, उत्तरदायी पार्टी’, ‘सहभागितामूलक लोकतान्त्रिक अभ्यास’ र ‘प्रशिक्षित कार्यकर्ता, मजबुत संगठन’ बनाउने संकल्प पनि गरेका छन् । 

‘एक व्यक्ति एक जिम्मेवारी: एक पटकको लागि मेरो उम्मेदवारी’ भन्ने मूल नारासहित कोइराला चुनावमा होमिएका छन् । 

यस्तै उनले आफ्नो प्रतिज्ञा पत्र जारी गर्दै चाप्लुसीका आधारमा अवसर पाउने परम्परा बन्द गर्ने बताएका छन् । 

पार्टीभित्र धनबली, बाहुबली र चाकडी चाप्लुसीका आधारमा अवसर पाउने परम्परा बन्द गर्ने कोइरालाले जारी गरेको घोषणापत्रमा उल्लेख छ । साथै उनले संविधानप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै यसको सफल कार्यान्वयन र समयानुकूल संविधानमा सुधार परिमार्जन गर्दै जाने पनि संकल्प गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्