०३ असार २०८३, बुधबार

शेखर–गगन प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी वासना थापाको प्रचार प्रसार तीब्र

मंसिर २६, २०७८
शेखर–गगन प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी वासना थापाको प्रचार प्रसार तीब्र

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट बन्ने केन्द्रीय समितिका लागि वासना थापाले महिलातर्फको खुल्ला सदस्यमा उम्मेदवारी दिएकी छिन् ।

डा.शेखर कोइराला–गगन थापा प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थापाले प्रचार प्रसार तीब्र बनाएकी छिन् । 

‘मेरो राजनीतिक संस्कार, लोकतान्त्रिक विधि र अनुशासित व्यवहार’ भन्ने नारा थापाले अघि सारेकी छिन । २०७४ सालमा भएको स्थानीयतह निर्वाचनमा थापा दैलेखको नारायण नगरपालिकाको उपमेयमा प्रतिष्पर्धा गरेकी थिइन । दैलेखका स्थानीय माझ उनी एक समाजसेवीको रुपमा परिचित छिन् ।

कांग्रेसको १३ औं महाधिवेशनमा समेत प्रतिनिधि रहेकी थापा कर्णाली प्रदेशमा कांग्रेसको संगठन सुदृढ बनाउन उम्मेदवारी दिएको बताउछिन् । राजनीतिमार्फत महिला अधिकार सुनिश्चित गर्ने र महिलाहरुको शशक्तिकरण गर्ने आफ्नो एजेण्डा रहेको उनी बताउछिन् । 

राजधानीमा जारी कांग्रेसको महाधिवेशन अन्तरगत कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमवार मतदान हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्