३१ असार २०८३, बुधबार

शेयर बजारमा पहिरो : कतिमा झर्‍यो नेप्से ?

मंसिर २६, २०७८
शेयर बजारमा पहिरो :  कतिमा झर्‍यो नेप्से ?

साताको पहिलो दिन आइतवार शेयर बजारमा पहिरो गएको छ । 

यस दिन शेयर बजार मापक नेप्से परिसूचक ८८.७० अंकले घट्दै २३६१.२७ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आइतवार सेन्सेटिभ परिसूचक पनि घटेको छ । 

यस दिन सेन्सेटिभ परिसूचक १५.१५ अंकले घट्दै ४५०.०८ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा आइतवार २ सय २८ कम्पनीले कारोबार गरेका छन् । 

कारोबारमा आएका यी कम्पनीहरूमध्ये आइतवार ५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । यस्तै १ सय ८४ कम्पनीको शेयर मूल्य घटेको छ । 

आइतवार २ सय २८ कम्पनीको ७५ लाख ६० हजार ८ सय ७४ कित्ता शेयर ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५ सय २० रुपैयाँ बराबरमा किनबेच भएको छ । 

यस दिन युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य सर्वाधिक बढी २ प्रतिशतले बढेको छ ।

यस्तै नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घट्दै नकारात्मक सर्किट ब्रेक लागेको छ ।

यसपछि लक्ष्मी इक्वीटी फण्डको शेयर मूल्य ९.६२ प्रतिशतले घटेको छ । 

यस दिन मन्जुश्री फाइनान्स लिमिटेडको सर्वाधिक बढी ३१ करोड २८ लाख ८३ हजार १ सय ९२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्