२४ असार २०८३, बुधबार

एनएमबि बैंकले विराटनगरमा सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

मंसिर २६, २०७८
एनएमबि बैंकले विराटनगरमा सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकले विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको ब्राण्ड एम्बेसेडर तथा कलाकार पल शाहको उपस्थितिमा शनिवार विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको हो ।

मोरङको बुढीगंगा गाउपालिका स्थित टंकि सिनवारी शाखा र विराटनगरको महेन्द्र चौकस्थित प्रदेश कार्यालयको प्राङ्गणमा बैंकको वित्तीय योजनाका बारेमा जानकारी दिन दुई बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरेको थियोे । 

सोही कार्यक्रममा लागि शाह विराटनगरमा उपस्थित भएको बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले बताए ।

शाहको उपस्थितिमा बैंकले शनिबार बुढीगंगास्थित शाखा अगाडि बिहान १० बजे र महेन्द्र चौकस्थित प्रदेश कार्यालय अगाडि १ बजे कार्यक्रमको आयोजना गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्