
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिका उम्मेदवार डा. शेखर कोइरालालाई महामन्त्रीका उम्मेदवार डा. मीनेन्द्र रिजालले मंसिर २८ गतेपछिको सभापति भनेर सम्बोधन गरेका छन् ।
आइतवार काठमाडौंको अनुपम फूडल्यान्डमा आयोजित पत्रकार सम्मेलनको उद्घोषण गरेका मीनेन्द्रले कोइरालालाई मंसिर २८ पछिको सभापति भनेर पटक–पटक सम्बोधन गरेका हुन् ।
नयाँ नेतृत्व चयनका लागि भोलि मंसिर २७ गते मतदान हुँदैछ । मतदान सकिएपछि सभापतिको मतगणना भोलि नै शुरू गर्ने तयारी छ ।
आफ्नो पक्षको प्यानलका सदस्यलाई सँगै राखेर कोइरालाले कांग्रेसलाई सशक्त बनाएर लैजाने आफ्नो उद्देश्य रहेको बताए ।