
कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफूहरूको प्यानलमा अनुभवको कुनै कमी नभएको बताएका छन् ।
अनुपम फूडल्यान्डमा आइतवार साँझ आयोजित पत्रकार सम्मेलनमा डा. कोइरालाले थुप्रै अनुभवी नेताहरू आफ्नो प्यानलमा रहेको बताएका हुन् ।
'तपाईंहरूलाई लाग्न सक्छ हामीसँग अनुभवी नेताहरू हुनुहुन्न, तर त्यस्तो होइन,' डा. कोइरालाले भने, 'हामीसँग अनुभवको कमी छैन । महामन्त्री डा. शशांक कोइराला हाम्रो प्यानलबाट केन्द्रीय उम्मेदवार नै हुनुहुन्छ । नेताहरू अर्जुन नरसिंह केसी, डा. महत, बलबहादुर केसीलगायत हाम्रै प्यानलमा हुनुहुन्छ ।'
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदानको अघिल्लो दिन शेखरले आफ्नो प्यानलसहित पत्रकार सम्मेलन गरेका हुन् ।