२४ असार २०८३, बुधबार

शेखर कोइराला प्यानल रोज्नुको कारणबारे यसो भन्छन् गगन थापा

मंसिर २६, २०७८
शेखर कोइराला प्यानल रोज्नुको कारणबारे यसो भन्छन् गगन थापा

नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले युवालाई जोड्ने संकल्पका साथ सभापतिमा डा. शेखर कोइरालाले उम्मेदवारी दिएकाले आफूले सो प्यानल रोजेको बताएका छन् । 

आइतवार साँझ कोइराला प्यानलको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरूभन्दा पनि नौजवानलाई जोड्नका लागि कोइरालालाई अबको सभापति बनाउनुपर्ने बताएका हुन् । 

‘शेखर कोइरालाले एकपटक पार्टीको सभापति हुन्छु र भावी पुस्तालाई छाड्छु भनेर आउनुभएको छ,’ उनले भने, ‘हामीभन्दा पनि नौजवान साथीहरूलाई जोड्छु भन्ने संकल्पका साथ आउनुभएको छ, त्यही भएर हामी यहाँ आएका छौं ।’

उनले कोइरालालाई अनुरोध गर्दै भने, ‘तपाईं निर्वाचित हुनुहुन्छ र निर्वाचित भएको दिनबाट गुटको होइन, सिंगो कांग्रेसको सभापति बन्नुपर्छ ।’

अब पार्टीलाई सुदृढ र बलियो बनाउँदै निर्वाचन केन्द्रित गर्ने उनको भनाइ छ । ‘हामी निर्वाचनमा एक्लै लड्ने हो भने ९ लाख क्रियाशील सदस्यबाहेक १०–१२ अरू थप्नुपर्छ,’ उनले भने, ‘त्यसैले बाहिरबाट हेर्दा कांग्रेसमा आउँआउँ लाग्ने बनाउनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्