१९ असार २०८३, शुक्रबार

नेताको कार्यविभाजन गर्दै एमाले केन्द्रीय कमिटीको बैठक सकियो

मंसिर २६, २०७८
नेताको कार्यविभाजन गर्दै एमाले केन्द्रीय कमिटीको बैठक सकियो

नेकपा (एमाले) को आज भक्तपुरमा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ३०१ सदस्यको कार्यविभाजनसहित तोकिएका १५ वटा कार्यसूचीमा निर्णयहरू गरेको छ ।
      
यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठकबाट विधानबमोजिम ४५ जना केन्द्रीय सदस्यको मनोनयन, स्थायी कमिटी र पोलिटब्युरोको गठनलगायतका निर्णय भएका हुन् । बैठकपछि एमालेका महासचिव शङ्कर पोखरेलले केन्द्रीय विभागमा जिम्मेवारी, प्रदेशका इञ्चार्ज, पदाधिकारी तोकिनुका साथै जिल्लाका इञ्चार्ज र सहइञ्चार्ज पनि निर्धारण गरिएको बताउँदै पार्टीमा अब वडा तहसम्म प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका अभियान सञ्चालन गरिने जानकारी दिए

बैठकले आउँदो पुस २३ गते सबै जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने र आउँदो फागुनभित्र जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्न निर्णय पनि गरेको छ । एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले तोकिएका सबै कार्यसूचीमा छलफल भएर सफलतापूर्वक बैठक सकिएकाले अब सिङ्गो पार्टीको ध्यान देशव्यापी परिचालन गरी आगामी निर्वाचनमा बहुमत ल्याउनेतर्फ केन्द्रित हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्