
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति सहित केन्द्रीय नेतृत्वका लागि आज मतदान हुँदैछ ।
बिहान ८ बजेदेखि मतदान शुरू हुने निर्वाचन समितिले जनाएको छ ।
पार्टीको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ ।
प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान गुरुङ र कल्याण गुरुङले सभापतिका लागि उम्मेदवारी दिएका छन् ।
सभापतिका लागि उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् भने शेखर कोइराला प्यानललाई सहयोगका लागि अपिल गरेका छन् ।
कांग्रेस विधानमा एक सभापति, दुई उपसभापति, दुई जना महामन्त्री, आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारी निर्वाचनमार्फत चयन हुने व्यवस्था छ ।
निर्वाचन समितिका अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै केन्द्रीय सदस्य खुलातर्फ ३५ सिटका लागि ९९, महिलातर्फ ९ सिटका लागि ३० जनाले उम्मेदवारी दिएका छन् ।
आजको मतदानबाट १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुनिनेछन् ।
प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतवार नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
को को छन् चुनावी मैदानमा ?