२६ असार २०८३, शुक्रबार

बालुवाटारबाट रामचन्द्रबारे भ्रमपूर्ण प्रचार, पौडेल तटस्थ बस्ने

मंसिर २७, २०७८
बालुवाटारबाट रामचन्द्रबारे भ्रमपूर्ण प्रचार, पौडेल तटस्थ बस्ने

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत वरिष्ठ नेता रामचन्द्र पौडेल तटस्थ बस्ने भएका छन् । तर प्रधानमन्त्री निवास बालुवाटारबाट उनका सहयोगीहरुले भ्रमपूर्ण प्रचार गरेको पाइएको छ ।
पौडेलले देउवालाई सभापतिमा समर्थन गरेको भनेर भ्रमपूर्ण प्रचार गरेको पाइएको हो । प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परिवारले गएराति पौडेलसहित शशांक कोइरालासमेतले देउवालाई समर्थन गरेको दावीसहितको समाचार सञ्चारमाध्यमलाई सेयर गरेका थिए । देउवा र शशांकसँगको छुट्टाछुट्टै भेटका क्रममा उनीहरुले देउवालाई समर्थन गरेको दावी बालुवाटारको थियो । जसमा पौडेलको समर्थन रहेको भनेर पौडेल चित्र चिन्तनलाई समेत कोट गरिएको थियो ।

तर, पौडेल पुत्र चिन्तनले आफूलाई कोट गरिएको भन्ने कुरा नै गलत रहेको स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले बुबाले देउवालाई समर्थन गर्नुभएको छ भनेँ भनेर लेखिएको कुरा भ्रमात्मक हो । यो महाधिवेशनमा बुबा बिलकुलै निष्पक्ष र तटस्थ रहनु भएको छ । त्यसैले मभलाई कोट गरेर भनिएको कुरा गलत हो । यस्ता गलत प्रचार नगर्न अनुरोध गर्दछु ।’

१४ औं महाधिवेशनमा सभापतिको दौडमा रहेका पौडेल आफ्नो समूहमा सहमति नजुटेपछि केन्द्रीय सदस्यको उम्मेदवार समेत बनेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्