१० साउन २०८३, आइतबार

शेयर बजारबारे प्रचण्डको नकारात्मक टिप्पणीप्रति दीपकराज गिरीको आक्रोशित प्रश्न

मंसिर २७, २०७८
शेयर बजारबारे प्रचण्डको नकारात्मक टिप्पणीप्रति दीपकराज गिरीको आक्रोशित प्रश्न

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको बताएसँगै उनको आलोचना शुरू भएको छ ।

लगानीकर्ता तथा अन्य क्षेत्रका व्यक्तिहरूले समेत प्रचण्डको अभिव्यक्ति गलत भएको भन्दै उनको आलोचना गरेका छन् । 

शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका थिए । 

यसै बीचमा चर्चित हास्य कलाकार दीपक राज गिरीले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै प्रचण्डको भनाइप्रति आपत्ति जनाएका छन् । 

उनले लेखेका छन्, 'तपाईले भने जस्तै कतिपयले कलकारखाना पनि नखोल्या हो र कमरेड ? तर अनावश्यक रूपमा तपाईंहरू ले युनियनहरू गठन गरेर हडताल गराइ गराइ साहुजीहरूकै बाह्र बजाएर उठीबास नै लगाइयो नि होइन र ?'

salt training

कमेन्ट गर्नुहोस्