२९ असार २०८३, सोमबार
कांग्रेस महाधिवेशन

छोराछोरीले जसरी पनि गगनलाई भोट हाल्नू भनेका छन् भन्नुभयो प्रतिनिधिहरूले : गगन थापा

मंसिर २७, २०७८
छोराछोरीले जसरी पनि गगनलाई भोट हाल्नू भनेका छन् भन्नुभयो प्रतिनिधिहरूले : गगन थापा

नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले आफ्नो उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिले स्वागत गरेको बताएका छन् ।

कतिपय महाधिवेशन प्रतिनिधिले आफ्ना छोराछोरीले गगनलाई भोट दिएर आउनू भनेका छन् भन्ने प्रतिक्रिया दिएको पनि उनले सुनाए ।

‘विगतमा मसँग फोटो खिचेर भोट नहालेको अनुभव छ, तर यसपटक मेरो उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिले एकदमै स्वागत गरेको र स्वाभाविक रूपमा लिएको पाएको छु,’ लोकान्तरको सबालमा गगनले भने, ‘अरू पदमा थाहा छैन, महामन्त्रीमा तिमीलाई मत हाल्ने मन बनाएका छौं भनेर धेरैले भन्नुभएको छ ।’

यसअघि १३ औं महाधिवेशनमा गगन महामन्त्रीमा पराजित भएका थिए । यसपटक प्रतिनिधिले आफूले भोट माग्नुभन्दा पहिल्यै तिमीलाई भोट दिने हो भनेर भनेको उनले सुनाए ।

‘मैले मत माग्नुभन्दा पहिल्यै तिमीलाई भोट हाल्छौं भन्ने प्रतिक्रिया पाएँ । रोचक कुरा महाधिवेशन प्रतिनिधिका छोराछोरीले जसरी भएपनि गगनलाई मत हाल्नू भनेर पठाएको पनि थाहा पाएँ,’ गगनले भने । 

महामन्त्रीका उम्मेदवार गगनले सभापतिमा पनि पहिलो चरणमै नतिजा आउने विश्वास व्यक्त गरे । 

‘चार वर्षसम्म कांग्रेसमा बदलाव ल्याउनुपर्छ भन्ने अनि महाधिवेशनमा आएर त्यसको खिलाफमा उभिन्छौं भने त बेग्लै कुरा भयो, नत्र यसपटक कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ,’ गगनले भने ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान चलिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्