११ साउन २०८३, सोमबार

कप्तानीबाट हटेको रिस अझै पनि पोखिरहेछन् विराट कोहली

मंसिर २७, २०७८
कप्तानीबाट हटेको रिस अझै पनि पोखिरहेछन् विराट कोहली

भारतको क्रिकेट बोर्ड बीसीसीआईले विराट कोहलीलाई वानडे कप्तानबाट हटाएर रोहित शर्मालाई नयाँ कप्तान बनाएका छन् ।

त्यसपछि टीम इन्डियामा विवादको खबर आएको छ । विराट यस निर्णयका कारण रुष्ट रहेको बताइएको छ । 

दक्षिण अफ्रिका जाने टीम इन्डियाले आइतवार गरेको ट्रेनिङ क्याम्पमा विराट सहभागी बनेनन् । त्यसपछि नै उनी बीसीसीआईसँग रिसाएको अनुमान गरिएको हो । 

इन्साइटस्पोर्टमा छापिएको एक खबरअनुसार, बीसीसीआई अधिकारीले विराट कोहलीलाई स्पष्ट रूपमा ट्रेनिङ क्याम्पमा बोलाएको तर उनी नआएको बताए । सोमवार उनी क्याम्पमा सहभागी हुने आशा गरेको उनको भनाइ छ । 

टीम इन्डिया डिसेम्बर १६ मा दक्षिण अफ्रिकाका लागि उड्नेछ । 

भारत र दक्षिण अफ्रिकाबीच डिसेम्बर २६ देखि खेल शुरू हुनेछ । त्यहाँ तीन म्याचको टेस्ट रिरीज र त्यति नै म्याचको वानडे सिरीज खेलिनेछ । 

भारतीय टीमले दक्षिण अफ्रिकामा अहिलेसम्म सिरीज जितेको छैन । 

विराट बीसीसीआईसँग रिसाएको खबरबीच रोहित शर्माले ड्रेसिङ रूममा मित्रता कायम राख्न कोशिश गरिने बताएका छन् । रोहितले विराटको प्रशंसा गर्दै उनले पाँच वर्षसम्म टीम इन्डियाको राम्रो कप्तानी गरेको र प्रत्येक म्याचमा राम्रो खेल देखाएको बताए । कोहलीको कप्तानीमा टीम इन्डियाले पछि फर्केर हेर्नु नपरेको पनि रोहितले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्