०६ असार २०८३, शनिबार
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशनः ९ बजे सम्मका लागि तोकियो मतदानको समय, लगत्तै मतगणना

मंसिर २७, २०७८
कांग्रेस महाधिवेशनः ९ बजे सम्मका लागि तोकियो मतदानको समय, लगत्तै मतगणना

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय राति ९ बजेसम्मका लागि तोकिएको छ । 

सोमवार बिहान ८ बजेदेखि शुरू हुने भनिए पनि साढे ११ बजेपछि मात्रै मतदान शुरू भएको थियो । 

मतदान सकिएपछि लगत्तै मतगणना हुने निर्वाचन समितिले जनाएको छ । 

महाधिवेशनस्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान हुँदैछ । 

महाधिवेशनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री तथा केही खुला र केही समावेशी केन्द्रीय सदस्यको लागि मतदान हुन लागेको हो । 

सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी छन् । देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल प्रतिष्पर्धामा छन् । 

यस्तै शेखर प्यानलबाट उपसभापतिमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र डा। मीनेन्द्र रिजाल प्रतिष्पर्धामा छन् । प्रकाशमान सिंह प्यानलबाट उपसभापति सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् । 

सभापतिमा पहिलो चरणमा कसैले स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी ल्याउन नसके दोस्रो चरणमा निर्वाचन गर्ने कांग्रेस विधानको व्यवस्था छ ।

मंसिर २४ गते शुरु भएको कांग्रेसको चौधौं महाधिवेशन नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्