०४ असार २०८३, बिहीबार

२४ घण्टामा थपिए ३४१ संक्रमित, ३ जनाको मृत्यु

मंसिर २७, २०७८
२४ घण्टामा थपिए ३४१ संक्रमित, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २३६ नमूना परीक्षणमध्ये ३१३ पीसीआर र २८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५५७ पुगेको छ । 

मन्त्रालयका अनुसार थप ३७६ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ७ हजार १५४ पुगेको छ । 

हाल मुलुकभर ५ हजार ८२४ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्