०४ साउन २०८३, सोमबार

दिनभर भोकै रहेका कल्याण गुरुङले बिस्कुट खाँदै भने- नेता हुन सजिलो छैन

मंसिर २७, २०७८
दिनभर भोकै रहेका कल्याण गुरुङले बिस्कुट खाँदै भने- नेता हुन सजिलो छैन

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले निर्वाचन भइरहेको छ । मतदाता मत हाल्न लाइनमा छन् । 

एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । 

उम्मेदवारहरू पनि मतदाता रिझाउन मतदानस्थलमै खटिएका छन् । 

यसैक्रममा राष्ट्रिय सभा गृह अगाडि भेटिए कांग्रेस सभापतिका उम्मेदवार कल्याण गुरुङ । 

दिनभर भोकै रहेका उनले सल्यानका कांग्रेस सभापतिलाई ‘लौ न बिस्कुट ल्याउन पर्‍यो’ भनेर बिस्कुट लिन पठाए । 

सल्यानका कांग्रेस सभापतिले ल्याएको ४ वटा बिस्कुट अरूलाई पनि बाँडे र आफूले पनि खाए । त्यसपछि उनले पत्रकारहरूलाई ‘नेता हुन सजिलो छैन’ भन्दै मतदानस्थलतर्फ लागे । 

salt training

कमेन्ट गर्नुहोस्