१५ असार २०८३, सोमबार

कांग्रेस निर्वाचन : मतगणनाको तयारी, मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था

मंसिर २८, २०७८
कांग्रेस निर्वाचन : मतगणनाको तयारी, मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था

नेपाली कांग्रेसको मतगणना राति १ बजेदेखि शुरू गर्ने तयारी भएको छ ।

जसका लागि राष्ट्रिय सभा गृहको मतदान स्थलको सभापतिको मतपेटिका मतगणना स्थल पुर्‍याइएको छ ।

निर्वाचन समितिले अबको केही समयपछि सभापतिको मतगणना गर्ने तयारी गरेको जानकारी दिएको छ ।

मतगणनाका लागि मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  

कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । ६४ जना भने अनुपस्थित रहे ।

भावी नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्