२३ असार २०८३, मंगलबार

कांग्रेस निर्वाचन : सभापतिबाहेकको मतपेटिका सानेपा लगिँदै

मंसिर २८, २०७८
कांग्रेस निर्वाचन : सभापतिबाहेकको मतपेटिका सानेपा लगिँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमवार सम्पन्न मतदानको मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।

सभापतिको मतगणना नहुँदासम्म सो मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

कुल ८७ वटा मतपेटिकामध्ये ८४ वटा मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपा लैजान लागिएको हो। 

१५ वटा गाडीमा राखेर सानेपा लगिने उक्त मतपेटिका सुरक्षाकर्मीको कडा सुरक्षामा राखिने बताइएको छ ।

सभापतिको मतगणना आइसकेपछि मात्रै सानेपामा राखिने सो मतपेटिकाको मत गणना गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्