
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिको १८०० मतगणना भएको छ ।
सभापति पदमा १८०० मतगणना हुँदा शेरबहादुर देउवाले ८६८, शेखर कोइरालाले ६५६, प्रकाशमान सिंहले १५५, बिमलेन्द्र निधिले ९८ र कल्याण गुरुङले ७ मत पाएका छन् ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।