
नेपाली कांग्रेसको सभापतिका लागि मंगलवार भइरहेको मतगणनामा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले शुरूआती अग्रता लिइरहेका छन् ।
मंगलवार बिहान २ हजार २०० मतगणना हुँदा देउवाले १ हजार ६४ र सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले ७८६ मत पाएका छन् ।
अर्का उम्मेदवार प्रकाशमान सिंहले २०० हाराहारी र विमलेन्द्र निधिले १०० हाराहारी भोट पाएका छन् । ४ हजार ७४३ प्रतिनिधि रहेकोमा ४ हजार ७६९ जनाले मतदान गरेका थिए ।
सभापति जित्नका लागि ५० प्रतिशत भोट ल्याउनुपर्ने कांग्रेसको विधानमा व्यवस्था रहेको छ ।