०३ असार २०८३, बुधबार

सभापतिमा ३२८२ मतगणनाः देउवा र कोइरालाको कति मत ?

मंसिर २८, २०७८
सभापतिमा ३२८२ मतगणनाः देउवा र कोइरालाको कति मत ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको ३२८२ मतगणना गरिएको छ ।

सभापतिमा ३२८२ मतगणना हुँदा शेरबहादुर देउवाले १५५६, शेखर कोइरालाले ११९६, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१, कल्याण गुरुङले १७ मत पाएका छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्