२९ जेठ २०८३, शुक्रबार

३७ सय भोट गन्दा विमलेन्द्र निधिले २ सय कटाए

मंसिर २८, २०७८
३७ सय भोट गन्दा विमलेन्द्र निधिले २ सय कटाए

नेपाली कांग्रेसको सभापतिको लागि मतदानको गणना भइरहेको छ । मंगलवार बिहान सवा ८ बजेसम्मको अपडेट अनुसार ३ हजार ७ सय ७९ मत गन्दा शेरबहादुर देउवाले १ हजार ७ सय ९८ मत पाएका छन् ।

शेखर कोइरालाले १ हजार ४ सय १३ र प्रकाशमान सिंहले २ सय ८६ मत प्राप्त गरेका छन् । विमलेन्द्र निधिले २ सय १ भोट कल्याण गुरुङले १९ मत प्राप्त गरेका छन् ।

सभापतिका जित्नका लागि कुल खसेको मतको स्पष्ट बहुमत ल्याउनु पर्नेछ । ४ हजार ७ सय ४३ मध्ये ४ हजार ६ सय ६९ मत खसेको थियो । 

कमेन्ट गर्नुहोस्