०२ असार २०८३, मंगलबार

डोटीमा धमाधम बन्दै टेलिकमका टावर

मंसिर २८, २०७८
डोटीमा धमाधम बन्दै टेलिकमका टावर

डोटी जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जीएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ ।

नेपाल टेलिकमले जिल्लाका ९ वटै स्थानीय तहमा फोरजी तथा फोन सेवा विस्तारका लागि काम अगाडि बढाएको छ ।

यसै सिलसिलामा जिल्लाका बोगटान फुड्सिल, बडिकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडामा सञ्चार सम्पर्कको सहज पहुँच पुर्‍याउने उद्देश्यले बडिकेदार गाउँपालिका–५ रन्तोलामा फोरजी टावर निर्माण गर्न थालेको छ ।

जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट तथा फोरजी सेवा पुर्‍याउने उद्देश्यले अहिले टेलिकमले आफ्ना टावर निर्माण गर्न थालेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए ।

उनले भने, ‘गाउँगाउँमा फोरजी र सडक फोन सेवा विस्तार गर्ने हाम्रो लक्ष्यअनुसार अहिले टावर निर्माणको काम भइरहेको छ, बडिकेदारमा निर्माण हुने टावरले फोन र इन्टरनेट सेवामा निकै सहज हुने छ ।’

डोटीका विकट गाउँमा फोन सेवा नभएका कारण नागरिकलाई सामान्य कुराकानी गर्न तथा नेट चलाउन निकै समस्या हुँदै आएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्