ब्राजिलको बोर्बा शहरका मेयरले नगर पार्षदसँगको राजनीतिक मतभिन्नताको छिनोफानो गर्नका लागि मिक्स्ड मार्सल आर्ट्स फाइट गरेका छन् ।
सिमाओ पेइसोटो नामक ती मेयरले आइतवार पार्षद इरिन्यु आल्भास दा सिल्भासँग फाइट खेलेका हुन् ।
पेइसोटो रिङमा पहिले पसेका थिए । उनले जिसस नाम कुँदिएको टावल बेरेका थिए । उनका प्रतिस्पर्धी पछि पसेका थिए ।
कुल १३ मिनेट चलेको फाइटको फूटेज पेइसोटोको टीमले लाइभ स्ट्रीमिङ गरेको थियो । त्यसमा दुईजना भिडेको अनि भीडले उनीहरूको उत्साह बढाएको देखिन्छ ।
शुरूमा दा सिल्भाले प्रभावशाली रूपमा लो किक हानेको भए पनि मेयर अन्तिममा विजयी घोषणा भएका थिए ।
दा सिल्भाले बलनीयारिओ लिमा नामक वाटर पार्कको व्यवस्थापन मेयरले गर्न नसकेको भनी आलोचना गरेका थिए । यो मामिला सुल्झाउनका लागि फाइट खेल्नुपर्ने माग राख्दै उनले भिडियो पोस्ट गरेका थिए ।