३० जेठ २०८३, शनिबार
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन: दोस्रो चरणको मतदान साढे ३ बजेबाट

मंसिर २८, २०७८
कांग्रेस महाधिवेशन: दोस्रो चरणको मतदान साढे ३ बजेबाट

नेपाली कांग्रेसको सभापति चयनका लागि हुने दोस्रो चरणको मतदान मंगलवार साढे ३ बजेदेखि शुरू हुने भएको छ । 

पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो । 

मतदानको अवधि साढे ७ बजेसम्मका लागि तोकिएको छ । 

पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले २२५८ मत प्राप्त गरेका थिए । सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले १७०२ मत प्राप्त गरे । 

यस्तै प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २५० मत प्राप्त गरे । सभापतिका पाँचौं प्रत्यासी कल्याण गुरुङले भने २२ मत मात्रै प्राप्त गरे । 

अब धेरै मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ ।

सोमवार मध्यरातसम्म चलेको मतदानमा ४ हजार ७४३ मध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए । सभापतिको मतगणना गरेपछि मात्र अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्