भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार आधा रातपछि बनारसका सडकमा निस्केका छन् ।
मंगलवार बिहान साढे १२ बजे उनी सन्त रविदास घाटबाट गोदौलिया चोक पुगे । त्यहाँबाट उनी विश्वनाथ कोरिडोर गए । त्यहाँ उनले निर्माणको कामको निरीक्षण गरे ।
त्यहाँ उनले १५ देखि २० मिनेट बिताए । त्यसपछि उनी रेलवे स्टेसन र रात्रि विश्रामका लागि गेस्ट हाउस पुगे ।
गश्तीका क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि थिए ।
मोदीले निरीक्षणको जानकारी ट्वीट गरेर दिए । मोदीले काशीमा विकास कार्यको निरीक्षण गरेको बताए । पवित्र शहरलाई राम्रो पूर्वाधार दिनुपर्ने उनको भनाइ छ । रेल कनेक्टिभिटीलाई थप राम्रो बनाउन र सफाइ, आधुनिक सुविधा तथा रेलवे स्टेसनमा वृद्धिमा पनि काम गरिरहेको उनले बताए ।
मोदी दुई दिनका लागि काशी भ्रमणमा छन् । आज दोस्रो दिन हो ।