
गहृमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले शेरबहादुर देउवालाई पार्टी सभापतिमा जिताउनका लागि प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग कुनै ‘पावर शेयरिङ’ नभएको दाबी गरेका छन् ।
कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग कुरा गर्दै खाणले देउवालाई समर्थन गर्नु सभापतिमा लडेका नेताहरूको लचकता भएको बताएका हुन् ।
‘शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्नु हुन्छ, नेताहरूको लचकताका कारण देउवालाई समर्थन गर्ने निर्णय भएको हो,’ खाणले भने, ‘केही पावर सेयरिङ गरेका छैनौँ ।’
देउवालाई सघाउने निर्णय गर्दा ‘पावर शेयरिङ’को चर्चा कांग्रेस वृत्तमा भइरहेको छ ।