२३ असार २०८३, मंगलबार
शेखर प्यानलको पत्रकार सम्मेलन

शेखरको घोषणा– दोस्रो चरणको निर्वाचनमा जान्छु, परिणाम जस्तो आए पनि स्वीकार्य

मंसिर २८, २०७८
शेखरको घोषणा– दोस्रो चरणको निर्वाचनमा जान्छु, परिणाम जस्तो आए पनि स्वीकार्य

कांग्रेस सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले आफू दोस्रो चरणको प्रतिस्पर्धामा जाने बताएका छन् ।

सभापतिका अन्य प्रत्यासीले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने घोषणा गरेपछि देउवा पक्षका नेताहरूले सहमतिका लागि निर्वाचनमा नजान आग्रह गरेका थिए ।

तर, शेखरले परिणाम जस्तो आए पनि स्वीकार्ने भन्दै आफू निर्वाचनमा जाने बताएका हुन् ।

राजधानीमा मंगलवार पत्रकार सम्मेलन नै गरेर शेखरले आफूले दोस्रो चरणमा जीत हात पार्ने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले गुट-उपगुट बिर्सिएर आफ्नो मनले भनेको ठाउँमा भोट हाल्न मतदातालाई आग्रह गरेका छन् ।

सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि अहिले दिउँसो साढे ३ बजेबाट दोस्रो चरणको मतदान हुँदैछ ।

पहिलो चरणमा देउवाले २२ सय ५८ र शेखर १७ सय २ मत प्राप्त गरेका थिए ।

सभापतिका अन्य प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ तीनै जनाले दोस्रो चरणमा देउवालाई सघाउने घोषणा गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्