११ साउन २०८३, सोमबार

कांग्रेस महाधिवेशन: देउवाका लागि भोट माग्दै आरजु

मंसिर २८, २०७८
कांग्रेस महाधिवेशन: देउवाका लागि भोट माग्दै आरजु

कांग्रेस महाधिवेशनमा दोस्रो चरणको मतदान हुन केही समय बाँकी रहँदा आरजु देउवाले आफ्नो श्रीमान सभापतिका उम्मेदवार शेरबहादुर देउवाका लागि मत मागेकी छन् । 

दोस्रो चरणको मतदानका लागि लाइनमा बसेका प्रतिनिधिहरूसँग आरजुले मत मागेकी हुन् । 

साढे ३ बजेदेखि शुरू हुने मतदानको समय साँझ साढे ७ बजेसम्मका लागि तोकिएको छ । 

पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो । 

सभापतिका लागि देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्