
पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७०९ नमूना परीक्षणमध्ये २२९ पीसीआर र ३५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५५९ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ३६२ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ७ हजार ५१६ पुगेको छ ।
हाल मुलुकभर ५ हजार ६८९ सक्रिय संक्रमित छन् ।