१९ असार २०८३, शुक्रबार

नेपालको धेरै बिक्री हुन सफल सेडान टाटा टिगोर, मूल्य कति?

मंसिर २९, २०७८
नेपालको धेरै बिक्री हुन सफल सेडान टाटा टिगोर, मूल्य कति?

नेपालको धेरै बिक्री हुन सफल भएको गाडी हो, सेडान टाटा टिगोर।

सो गाडीले नेपाली बजारमा उपभोक्ताबीच एउटा छुट्टै छवि बनाउन सफल भएको कम्पनीको दाबी छ।

पछिल्ला महिनाहरूमा टाटा टिगोरले आफूलाई बलियो गरी बजारमा उभ्याएको छ। नेपाली बजारमा यस गाडीका विशेषतालाई सरल भएरै पनि प्रशंसनीय मानिएको छ। 

‘टाटा मोटर्स्ले ग्राहकहरूको सुरक्षालाई सधैँ' उच्च प्राथमिकतामा राखेको छ जसमा टाटा टिगोर एक उत्कृष्ट उत्पादन हो’, कम्पनीले भनेको छ ‘सडकको अवस्था जस्तोसुकै भएपनि सबै यात्रुलाई सुरक्षित राख्न नया“ टिगोर सधै सफल छ।’ 

कम्पनीकाअनुसार नेपालमा करिब ३ वर्षदेखि मार्केट सेयरमा कब्जा जमाएको टिगोरले ग्लोबल एनक्यापको सुरक्षा रेटिङमा समेत फोर–स्टार  रेटिङ्ग पाएको छ। ग्लोबल एनक्यापले दिने सुरक्षा रेटिङ विश्वसनीय हुन्छ।

यसले रेटिङ गर्दा फाइभ–स्टारको स्केलमा मूल्यांकन गर्छ। जसले जति धेरै स्टार पाउँछ, त्यो कार उत्तिकै बढी सुरक्षित मानिन्छ। टाटा टिगोरसँग अरु सेडान पनि प्रतिस्पर्धामा छन्। सुरक्षाकै कारण टाटा टिगोरको लोकप्रियता दिनानुदिन बढ्दो रहेको कम्पनीको दाबी छ।  

नयाँ टिगोर इम्प्याक्ट २.० मा आधारित भएकाले बाहिरी भागमा बोल्ड, कन्फिडेन्ट र सार्प लुक्स छ। भित्री भागले प्रिमियम र कम्फर्टेबल यात्राको अनुभूति दिन्छ।

यो गाडीको बुट स्पेस ४१९लिटर छ।  जसले गर्दा कतै यात्रा गर्दा वा सपिङ्ग गर्दा सरल र सहज रुपमा धेरै सामान अटाउन सकिन्छ। साथै टाटा टिगोर बिएस–६ को ग्राउन्ड क्लियरेन्स १७० एमएम  रहेको छ। हाइयर राइड हाइट र ग्राउन्ड क्लियरेन्स ले गाडीमा विशेष अर्थ राख्छ। जसले गर्दा उबडखाबड सडकमा पनि आरामदायी यात्रा गर्न मद्दत गर्दछ।

टाटा टिगोरले ग्राहकहरूको रुचीलाई मध्यनजर राखी डिप रेड, एरिजोना ब्लु, प्रलेसेन्ट ह्वाइट, प्योर सिल्भर र डेटोना ग्रेजस्ता कलरमा गाडीलाई बजारमा उपलब्ध गराएको छ। बजारमा यसको मूल्य २८ लाख ९९ हजारदेखि ३९ लाख ९५ हजारसम्म रहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्