२७ जेठ २०८३, बुधबार

विमानभित्रै कर्मचारी सुतेपछि भयो अनौठो घटना

पुस १, २०७८
विमानभित्रै कर्मचारी सुतेपछि भयो अनौठो घटना

भारतको इन्डिगो एयरलाइन्सको यात्रुवाहक विमानका ढुवानी कर्मचारी विमानभित्रै सुतेपछि अनौठो घटना भएको छ । 

ब्यागेज ह्यान्डलर कर्मचारी विमानको कार्गो कम्पार्टमेन्टमा सुतेका छन् । 

विमान मुम्बईबाट यूएईको अबु धाबी गएको थियो । सुतेकै अवस्थामा कर्मचारी मुम्बईबाट अबु धाबी पुगेका थिए ।

सामान लोडिङ गर्दागर्दै कर्मचारीलाई निद्रा आएको थियो र उनी सामानहरूको पछाडि सुतेका थिए । उनको निद्रा खुल्दा विमान उडिसकेको थियो । विमान अबु धाबी पुगेपछि लोडरको मेडिकल जाँच गरिएको थियो ।

लोडरको स्वास्थ्य सामान्य छ । अबु धाबीका अधिकारीहरूले क्लियरेन्स पाएपछि लोडरलाई विमानमा यात्रीका रूपमा मुम्बई फिर्ता ल्याइएको थियो । उनलाई ड्युटीबाट हटाइएको छ र छानबिन चलिरहेको छ । 

घटनाको अनुसन्धान चलिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्