२२ जेठ २०८३, शुक्रबार
कांग्रेस महाधिवेशन

२०० मत गन्दा गगनको अग्रता कायमै, प्रदीपले विश्वप्रकाशलाई पछाडि पारे

२०० मत गन्दा गगनको अग्रता कायमै, प्रदीपले विश्वप्रकाशलाई पछाडि पारे

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले अग्रता लिएका छन् ।

२०० मत गन्दा गगनले १२४ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले ६७, प्रकाशशरण महतले ७०, प्रदीप पौडेलले ७३ र मीनेन्द्र रिजालले ४० मत प्राप्त गरेका छन् ।

राजाराम कार्कीको पक्षमा भने ५ मत परेको छ ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मत गणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जित हात पारेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्