
नेपाली कांग्रेसको महामन्त्री पदका लागि जारी मतगणनामा डा. शेखर कोइराला प्यानलका उम्मेदवार गगन थापाले चमत्कारिक भोट पाएका छन् ।
९०० भोटको नतिजा बाहिर आउँदा गगनले ५५९ मत पाएका छन् । दोस्रोमा प्रकाशमान सिंहको प्यानलबाट लडेका विश्वप्रकाश शर्माले ३५७ मत पाएका छन् ।
तेस्रोमा प्रदीप पौडेलले ३०० मत पाएका छन् । गगनसँगै एउटै प्यानलबाट चुनाव लडेका डा. मीनेन्द्र रिजालले भने मात्र १५३ भोट पाएका छन् । ६०० मत गन्दा सबभन्दा कम विमलेन्द्र निधि प्यानलका राजाराम कार्कीले ३१ मत पाएका छन् ।