२६ असार २०८३, शुक्रबार
कांग्रेस महामन्त्रीको मतगणना

मतगणना अपडेट २१२० : गगनलाई १३८५, विश्वप्रकाश ८५१ मत

मतगणना अपडेट २१२० : गगनलाई १३८५, विश्वप्रकाश ८५१ मत

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

२१२० मत गन्दा गगनले १३८५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले ८५१ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिएका छन् ।

​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् ।

खड्का देउवा र गुरुङ डा. शेखर कोइराला प्यानलका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्