०६ असार २०८३, शनिबार

भारतबाट सस्तो बिजुली बढी आयात

कात्तिक २०, २०७४
भारतबाट सस्तो बिजुली बढी आयात
काठमाडौं, १७ पुस -हिउँदमा लोडसेडिङ कम गर्न नेपाल विद्युत् प्राधिकरणले भारतबाट सस्तो बिजुली बढी आयात गरिरहेको छ ।
भारतबाट सस्तो बिजुली आयात प्रोत्साहन र महँगोलाई निरुत्साहित गर्ने रणनीति रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ‘दैनिक माग धान्न र प्रणालीले थेगेसम्म भारतबाट सस्तो बिजुली बढी र महँगो कम ल्याइरहेका छौँ,’ उनले भने, ‘यसले भारतबाट आयात हुने बिजुलीको मूल्य औसतमा सस्तो बनाउनेछ ।’
हिउँदमा खोलामा पानी घट्दा नदी बहावमा आधारित (रन अफ रिभर) विद्युत् आयोजनाको उत्पादन ह्वात्तै घट्छ । तर, जाडोमा बिजुलीको माग भने बढ्ने हुँदा त्यसलाई धान्न भारतबाट वार्षिक रूपमा कुल मागको औसत ३० प्रतिशतभन्दा बढी बिजुली आयात भइरहेको छ । बिजुली अत्यधिक माग हुने समय (पिक आवर) बेलुका करिब ४ घन्टा भारतबाट दैनिक झन्डै ३ सय ८० मेगावाट बिजुली आयात हुन्छ ।
प्राधिकरणले भारतबाट व्यापारिक रूपमा, विद्युत् आदान–प्रदान सम्झौता (पावर एक्सचेन्ज एग्रिमेन्ट) र महाकाली सन्धिअनुरूप बिजुली ल्याइरहेको छ । व्यापारिक रूपमा गरिने आयातभन्दा पावर एक्सचेन्ज सम्झौताअनुरूप ल्याइने बिजुली महँगो रहेको प्राधिकरणले जनाएको छ । पावर एक्सचेन्ज सम्झौताअन्तर्गतको बिजुलीको मूल्यमा वार्षिक साढे ५ प्रतिशतले वृद्धि हुने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्