२३ जेठ २०८३, शनिबार
कांग्रेस महामन्त्रीको मतगणना

कांग्रेस मतगणना अपडेट ३१२० : गननले कटाए २ हजार मत, विश्वप्रकाश पनि जीततर्फ अग्रसर

कांग्रेस मतगणना अपडेट ३१२० : गननले कटाए २ हजार मत, विश्वप्रकाश पनि जीततर्फ अग्रसर

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

३१२० मत गन्दा गगनले २०३७ मत प्राप्त गरेका छन् ।

गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १२५५, डा. प्रकाशशरण महतले १०२४, प्रदीप पौडेलले ९३५, मीनेन्द्र रिजालले ५४६ र डा. राजाराम कार्कीले ७५ मत प्राप्त गरेका छन् ।

​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटा सम्म मत दिन पाउने व्यवस्था छ ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् ।

खड्का देउवा र गुरुङ डा. शेखर कोइराला प्यानलका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्