२३ जेठ २०८३, शनिबार
कांग्रेस महाधिवेशन

मतगणना अपडेट ३४२० : गगनको जीत लगभग पक्का, विश्वप्रकाश पनि जीततर्फ अग्रसर

मतगणना अपडेट ३४२० : गगनको जीत लगभग पक्का, विश्वप्रकाश पनि जीततर्फ अग्रसर

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

३४२० मत गन्दा गगनले २२२७ मत प्राप्त गरेका छन् ।

गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १३७६, डा. प्रकाशशरण महतले ११२७, प्रदीप पौडेलले १०३०, मीनेन्द्र रिजालले ६०३ र डा. राजाराम कार्कीले ७७ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानका महतसँग ११ सय मतको अन्तर भइसकेकाले गगनको जीत लगभग पक्का भएको छ । अब जम्मा १२ सयको हाराहारीमा मत गन्न बाँकी छ ।

​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटा सम्म मत दिन पाउने व्यवस्था छ ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् ।

खड्का देउवा र गुरुङ डा. शेखर कोइराला प्यानलका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्