०३ साउन २०८३, आइतबार

रक्षामन्त्रीबाट राजीनामा घोषणा गरेका मीनेन्द्रले पत्रकार सम्मेलन गर्दै

रक्षामन्त्रीबाट राजीनामा घोषणा गरेका मीनेन्द्रले पत्रकार सम्मेलन गर्दै

रक्षामन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका मीनेन्द्र रिजालले अपरान्ह ४ बजे पत्रकार भेटघाट गर्ने भएका छन् । 

कांग्रेस महामन्त्रीका उम्मेदवारसमेत रहेका रिजालले मन्त्रालयमा पत्रकार भेटघाटको कार्यक्रम राखेका हुन् । 

महाधिवेशनमा अपेक्षित मत परिणाम नआएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामाको घोषणा गरेका छन् । 

'नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,' उनले लेखेका छन्, 'अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।'

महामन्त्रीको प्रारम्भिक मतपरिणामअनुसार उनी अहिले पाँचौं स्थानमा छन् । उनी शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार हुन् । सोही प्यानलबाट उम्मेदवार बनेका गगन थापा भने फराकिलो मतान्तरका साथ अगाडि छन् ।

salt training

कमेन्ट गर्नुहोस्