१२ साउन २०८३, मंगलबार
कांग्रेस महामन्त्रीको मतगणना

मतगणना अपडेट ४१९० : गगन २७०९, विश्वप्रकाश १७३६, प्रकाशशरण १३८६ मत

मतगणना अपडेट ४१९० : गगन २७०९, विश्वप्रकाश १७३६, प्रकाशशरण १३८६ मत

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा गगन थापाले महामन्त्री पदमा जीत सुनिश्चित गरेका छन् ।

४१९० मत गन्दा गगनले २७०९ मत प्राप्त गरेका छन् । गन्न बाँकी मतभन्दा तेस्रो स्थानका प्रकाशशरण महतसँगको अन्तर फराकिलो भएपछि गगनको जीत सुनिश्चित भएको हो ।

गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १७३६, डा. प्रकाशशरण महतले १३८६, प्रदीप पौडेलले १२४२, मीनेन्द्र रिजालले ७२२ र डा. राजाराम कार्कीले ९३ मत प्राप्त गरेका छन् ।

जीत पक्का भएकाले गगन समर्थकले पार्टी कार्यालयमा कांग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री भनेर नारा लगाइरहेका छन् ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् ।

खड्का देउवा र गुरुङ डा. शेखर कोइराला प्यानलका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्