
साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।
यस दिन नेप्से परिसूचक ३७.८७ अंकले घट्दै २३७६.७४ विन्दुमा झरेको छ ।
कुल २२४ कम्पनी कारोबारमा आएकोमा १८ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । यस्तै १६९ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर छ ।
यस दिन नेपाल बंगलादेश बैंक लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको छ ।
ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सर्वाधिक बढी ७.५९ अंकले घटेको छ ।
यस दिन २२४ कम्पनीको शेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छ ।