१० साउन २०८३, आइतबार

गरीब देशलाई ९३ अर्ब डलर सहयोगको घोषणा

गरीब देशलाई ९३ अर्ब डलर सहयोगको घोषणा

विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सिर्जित संकटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनः पूर्ति ‘प्याकेज’ घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय विकास संघबाट प्रवाह हुने सहायता ‘प्याकेज’ संघको ६१ वर्षको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो हो ।

जापानले ‘भर्चुअल’ रूपमा आयोजना गरेको २ दिने बैठकमा बुधवार सहमति भएको विश्व बैंकले बिहीवार जनाएको छ । 

विश्वका ७४ गरिब देशमा प्रवाह गरिने सहायता रकमको ७० प्रतिशत अफ्रिकी मुलुकहरूलाई उपलब्ध गराइने छ । जलवायु परिवर्तनको प्रभावको सामना, अनुकूलन र जैविक विविधताको संरक्षण, प्राकृतिक प्रकोपलगायत भविष्यका संकटहरूमा अझ राम्रोसँग तयारी गर्न तथा सामाजिक सुरक्षा बढाउनेतर्फ केन्द्रित हुने बैंकको प्रधान कार्यालय वासिङ्टन डिसीबाट जारी विज्ञप्तिमा जनाइएको छ । 
 
निर्धन देशहरूको घट्दो राजस्व, बढ्दो ऋण जोखिम, कमजोर अर्थतन्त्र, द्वन्द्व र अस्थिरताको खाद्य संकटलगायत विषम परिस्थितिलाई दृष्टिगत गरी प्याकेज घोषणा गरिएको हो । सहायता आगामी ४ वर्षसम्म परिचालन हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्