
नेपाली कांग्रेसको महिला कोटाको सहमहामन्त्री पदमा महालक्ष्मी डीना उपाध्याय विजयी भएकी छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा उनी कमला पन्तलाई पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।
पन्त शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेकी थिइन् । अन्तिम नतिजाअनुसार डीनाले २५३३ र कमलाले २१०५ मत ल्याएकी छन् ।