०६ असार २०८३, शनिबार
कांग्रेस सह-महामन्त्री

कांग्रेसको सह–महामन्त्रीमा आङदेम्बे, उपाध्याय र परियार विजयी

अझै पाँच क्लस्टरको सह–महामन्त्रीको मत गणना हुनै बाँकी
कांग्रेसको सह–महामन्त्रीमा आङदेम्बे, उपाध्याय र परियार विजयी

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको क्रममा सह–महामन्त्रीका लागि भएको निर्वाचनमा आदिवासी जनजातीतर्फ भीष्मराज आङ्देम्बे विजयी भएका छन् । उनले २७११.मत ल्याएका हुन । 

उनका प्रतिद्वन्द्वी विकाश लामाले १९१३ मत मात्रै पाए । आदिवासी जनजातीतर्फबाट महामन्त्री बन्न सफल भएका आङ्देम्बे शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए । लामा भने शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए ।

लामालाई आङ्देम्बेले ७९८ मतले पराजित गरे । निर्वाचनमा कुल ४६८१ मत खसेको थियो ।  

त्यसैगरी, कांग्रेसको महिलातर्फको सह–महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छिन । उनले २५३३ मत प्राप्त गरेर विजयी भएकी हुन । डिना शेरबहादुर देउवाको प्यानलबाट १४ औं महाधिवेशनमा महिलातर्फ सह–महामन्त्रीको उम्मेदवार बनेकी थिइन ।  उनकी प्रतिद्वन्द्वी कमला पन्तले २१०५ मत मात्रै पाएकी छन् । उनी शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेकी थिइन । 

त्यसैगरी, दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनले २२१२ मत ल्याएर सह–महामन्त्री जितेका हुन् । उनका प्रतिद्वन्द्वी मानबहादुर विश्वकर्माले २१७५ मत ल्याए । जम्मा ३७ मत अन्तरले परियारले सह–महामन्त्री जितेका हुन् । 

केही समय मानबहादुर विश्वकर्माले अग्रता हासिल गरेका थिए । तर, मत गणनाको अन्तिमतिर भने पुनः जीवन परियारले अग्रता कायम गर्न सफल भएका थिए । 

नेपाली कांग्रेसमा महिला, दलित, आदिवासी जनजाति, खासआर्य, मधेसी, थारु, मुस्लिम र अल्पसंख्यक तथा पिछडिएको क्षेत्र गरी आठ सह–महामन्त्री हुने व्यवस्था छ । 

अहिलेसम्म महिला, दलित र आदिवासी जनजातितर्फको मात्रै मतगणना सम्पन्न भएको छ । त्यसबाहेक, अन्य पाँच क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहमहामन्त्रीका प्रतिस्पर्धिहरूको मतगणना हुनै बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्