२९ असार २०८३, सोमबार

बालुवाटार पुगेरै दिए प्रचण्डले देउवालाई बधाई

बालुवाटार पुगेरै दिए प्रचण्डले देउवालाई बधाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । 

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डले देउवालाई बधाई दिएका हुन् । 

टेलिफोनबाट यसअघि नै बधाई दिएका प्रचण्डले शुक्रवार भेटेरै बधाई दिएको बालुवाटार स्रोतले जानकारी दियो । कांग्रेसको १४ औं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भएका थिए । 

भेटका अवसरमा समसामयिक घटनाक्रम, सरकारका काम कारवाही, संसद सुचारु गराउने तथा राजदूत लगायत केही नियुक्तिको विषयमा समेत छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्