२१ जेठ २०८३, बिहीबार

एमालेले आफ्नै इमेल बनाउने, पार्टीका औपचारिक सूचना सोही इमेलबाट मात्र

एमालेले आफ्नै इमेल बनाउने, पार्टीका औपचारिक सूचना सोही इमेलबाट मात्र

नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालयलाई आधुनिक र सूचना प्रविधिमैत्री बनाउन आफ्नै इमेल बनाउने भएको छ । 

पार्टीका कमिटीहरूको औपचारिक सूचना आदानप्रदान सोही इमेलमार्फत् गरिने छ । मंसिर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यालयलाई आधुनिक र सूचनामैत्री बनाउन अस्गर अलिको नेतृत्वका ७ सदस्यीय आईटी टीम पनि बनाएको छ । 

‘केन्द्रीय कार्यालयबाट अब पार्टीको आफ्नै इमेल सेवा व्यवस्था गरिने छ, सबै केन्द्रीय सदस्य र मातहतका कमिटीहरूले पार्टीको आधिकारिक सूचना आदानप्रदानमा सोही इमेल प्रयोग गर्नुपर्नेछ,’ एमालेले बिहीवार जारी गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ । 

प्रतिनिधि सभाका सदस्यहरूलाई संसद सचिवालयले यस्तै इमेल बनाइदिए पनि अधिकांशले प्रयोगमा ल्याएका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्