२६ असार २०८३, शुक्रबार

मुख्यमन्त्री शाहीलाई पछि पार्दै सहमहामन्त्रीमा पाण्डे अघिअघि

मुख्यमन्त्री शाहीलाई पछि पार्दै सहमहामन्त्रीमा पाण्डे अघिअघि

नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा बद्रि पाण्डेले अग्रता कायमै राखेका छन् । 

१६११ मत गन्दा पाण्डेले ७९४ मत र जीवनबहादुर शाहीले ७२९ मत पाएका छन् । 

पाण्डे कोइराला प्यानलका हुन् भने कर्णालीका मुख्यमन्त्रीसमेत रहेका शाही देउवा प्यानलका हुन् । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको छ । 

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको भने मत परिणाम भने बिहीवार राति घोषणा भइसकेको छ । 

आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्