२८ जेठ २०८३, बिहीबार

एमसीसीबारे सोधिएको प्रश्नमा एमाले महासचिवले भने- सरकार नै टुंगोमा पुगेको छैन

एमसीसीबारे सोधिएको प्रश्नमा एमाले महासचिवले भने- सरकार नै टुंगोमा पुगेको छैन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विवादमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सरकारले आफ्नो पार्टीसँग छलफल नगरेको बताएका छन् । संसदप्रति नै एमालेको प्रश्न रहेकोले पहिला संसद अवरोध खोल्नुपर्ने उनले बताए । 

मंसिर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले संसद गतिरोध अन्त्य भएपछि मात्र विषयमा प्रवेश हुने बताएका हुन् । 

‘एमसीसीका सन्दर्भका बारेमा सरकारले के गर्छ भन्ने विषय नै अहिलेसम्म टुंगो लागेको छैन । न संसदले कार्यसूची तय गरेको छ न सरकारले केही बताएको छ,’ पत्रकारले सोधेको एक प्रश्नको जवाफमा पोखरेलले भने । 

महासचिव पोखरेलले संसद अवरोध खोल्नका लागि सभामुख अग्नि सापकोटाले गल्ती स्वीकार्ने या राजीनामा गर्नुपर्ने बताएका हुन् । 

‘संसदको गतिरोध जोडिएर हामीले आफ्ना कुरा राखेका छौं । हामीले कारवाहीले गरेका सांसदलाई राखेर संसद चल्न सक्दैन । या त नैतिक आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्ने, नयाँ प्रक्रियाको शुरू हुन्छ । या कमजारी सच्याउने तत्परता देखाउनुपर्छ,’ पोखरेलले भने । 

संसद अवरोध अन्त्य भएपछि मात्र एमसीसीको विषयमा प्रवेश गर्ने पोखरेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्