
पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १६ नमूना परीक्षणमध्ये २६९ पीसीआर र ५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५७० पुगेको छ ।
मन्त्रालयका अनुसार थप २७० जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ८ हजार ३५३ पुगेको छ ।
हाल मुलुकभर ५ हजार ५२२ सक्रिय संक्रमित छन् ।