२९ जेठ २०८३, शुक्रबार

सुन्दरताका लागि २ पटक गरिन् यी मोडलले स्तन सर्जरी, पछि भनिन् : बर्बाद भएँ

पुस ५, २०७८
सुन्दरताका लागि २ पटक गरिन् यी मोडलले स्तन सर्जरी, पछि भनिन् : बर्बाद भएँ

अमेरिकाकी ३० वर्षीया मोडल कर्मन कर्माले आफ्नो सुन्दरताका लागि ‘ब्रेष्ट सर्जरी’ गराएकी थिइन् ।

यी मोडलले आफ्नो स्तन सर्जरीका निम्ति निकै महँगो रुपैयाँ खर्च गरेको बताइएको छ । 

स्तन सर्जरीपछि यी मोडलको स्वास्थ्य निकै खराब भएको बताइएको छ । उनले स्तन सर्जरीका कारण जिन्दगी बर्बाद भएको सुनाएकी छिन् । 

डेली स्टारमा प्रकाशित एक खबर अनुसार, अमेरिकी मोडल कर्माले एक अन्तर्वार्ताका क्रममा यसबारे बताएकी हुन् । 

स्तन सर्जरीका कारण उनले विभिन्न समस्या झेलिन् । 

उनले अधिक सुन्दरताका लागि आफ्नो स्तन दुई पटक सर्जरी गराएकी थिइन् । 

पहिलो पटक २०१४ मा उनले आफ्नो स्तन साइज ३४ बीबाट बढाएर ३४एफ गराइन् । तर उनले पछि इन्डस्ट्रीमा सफलता हासि गर्नका निम्ति थप आकर्षक बन्ने रहर पलायो । यसपछि उनले २०१८ मा दोस्रो पटक स्टन सर्जरी गराएकी थिइन् । 

उनले आफ्नो स्तनमा सिलिकन इम्प्लान्ट गराएपछि उनलाई दुख्न शुरू भयो । र अन्तमा सर्जरीपछि प्रत्येक दिन माइग्रेनको शिकार बनिन् । थकानका कारण उनले विस्तारामा उठ्नबस्न समेत नसक्ने भइन् । 

निकै लामो समयसम्म बिरामी परेपछि उनी डाक्टर भेट्न गइन् । त्यसपछि मात्र उनले थाहा पाइन्, उनी बिरामी भएको अन्य कारणले नभई सिलिकन इम्प्लान्टको कारण थियो ।

त्यसपछि उनले यसलाई हटाइन् र पुनः पूरानै जीवन शुरू गरिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्